फिफा विश्वकप २०२६
फिफा विश्वकप २०२६ को समूह विभाजन: यस्तो बन्यो १२ समूह
शनिबार, २० मङ्सिर २०८२, ०१ : २८
सारांश
- फिफा विश्वकप २०२६ संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने भएको छ।
- शनिबार वासिङ्टन डिसीमा समूह विभाजन सम्पन्न भयो, जसमा ४८ टोली सहभागी हुनेछन्।
- उद्घाटन खेल मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ, र अर्जेन्टिनालाई शीर्ष दाबेदार मानिएको छ।
काठमाडौँ। आगामी वर्ष संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप २०२६ का लागि समूह विभाजन सम्पन्न भएको छ ।
नेपाली समयअनुसार शनिबार बिहान १२ बजे अमेरिकी राजधानी वासिङ्टन डिसीस्थित जोन एफ केनेडी सेन्टर फर द परफर्मिङ आर्ट्समा समूह विभाजन सम्पन्न भएको हो ।
प्रतियोगिताको उद्घाटन खेल २०२६ जुन ११ मा मेक्सिको र दक्षिण अफ्रिकाबिच हुनेछ।
यो संस्करणमा रेकर्ड ४८ टोली सहभागी हुनेछन्। यद्यपि केही महादेशीय छनोट आगामी मार्चसम्म पूरा नहुने भएकाले कतिपय समूहमा एक स्थान अझै खुला राखिएको छ।
सन् २०२२ को कतार विश्वकपको उपाधि विजेता अर्जेन्टिना यस संस्करणमा पनि शीर्ष दाबेदार मानिएको छ।
- समूह ‘ए’: मेक्सिको, दक्षिण कोरिया, दक्षिण अफ्रिका + (डेनमार्क/म्यासेडोनिया/चेक गणतन्त्र/आयरल्याण्ड)
- समूह ‘बी’ : क्यानडा, स्विजरल्याण्ड, कतार + (इटाली/उत्तरी आयरल्याण्ड/वेल्स/बोस्निया)
- समूह ‘सी’: ब्राजिल, मोरोक्को, स्कटल्याण्ड, हेइटी
- समूह ‘डी’ : अमेरिका, अस्ट्रेलिया, पाराग्वे + (तुर्किये/रोमानिया/स्लोभाकिया/कोसोभो)
- समूह ‘ई’ : जर्मनी, इक्वेडर, आइभोरी कोस्ट, कुरासाओ
- समूह ‘एफ’ : नेदरल्याण्ड्स, जापान, टुनिसिया + (युक्रेन/स्विडेन/पोल्याण्ड/अल्बानिया)
- समूह ‘जी ’: बेल्जियम, इरान, इजिप्ट, न्युजिल्यान्ड
- समूह ‘एच्’ : स्पेन, उरुग्वे, साउदी अरब, केप भर्डे
- समूह ‘आई : फ्रान्स, सेनेगल, नर्वे + (इराक/बोलिभिया/सुरीनाम)
- समूह ‘जे’: अर्जेन्टिना, अष्ट्रिया, अल्जेरिया, जोर्डन
- समूह ‘के’ : पोर्चुगल, कोलोम्बिया, उज्बेकिस्तान + (कंगो /जमैका/न्यु क्यालेडोनिया)
- समूह ‘एल’ : इंग्ल्याण्ड, क्रोएसिया, पानामा, घाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण