कान्ति राजमार्ग बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
शनिबार, २० मङ्सिर २०८२, ११ : ००
सारांश
- ललितपुर जिल्ला प्रशासन कार्यालयले कान्ति राजमार्गमा सडक स्तरोन्नतिको कामको लागि सवारी आवागमनमा रोक लगाएको छ।
- सडक विस्तार र कटिङको काम भइरहेको हुनाले, दैनिक ६ घण्टा (बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म) यो सडक बन्द रहनेछ।
- यात्रु र चालकहरूलाई तोकिएको समय बाहेक अन्य समयमा यात्रा गर्न वा वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।
काठमाडौँ । कान्ति राजमार्ग (कान्ति लोकपथ) मा सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार सडक स्तरोन्नतिको कामका लागि ६० दिनसम्म दिउँसोको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
कान्ति राजमार्ग सडक योजना एकान्तकुनाको कार्यक्षेत्रमा पर्ने सडक विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा आजदेखि दैनिक ६ घण्टा (बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म) उक्त सडक खण्ड पूर्ण रुपमा बन्द हुने भएको हो ।
साथै कान्ति राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूले तोकिएको समय बिहान ११ देखि बेलुका ५ बजे बाहेकको समयमा मात्र यात्रा गर्न वा अन्य वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण