एक महिनामा २ हजार ४९१ थान सवारी लाइसेन्स छापियो
सारांश
- यातायात व्यवस्था विभागले एक महिनामा २,४९१ वटा अत्यावश्यक सवारी लाइसेन्स छापेको छ।
- सवारी लाइसेन्स काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट छापिएको हो।
- वैदेशिक रोजगारीमा जाने श्रमिक र विद्यार्थीका लागि लाइसेन्स छापिएको विभागले जनाएको छ।
काठमाडौँ । यातायात व्यवस्था विभागले एक महिनामा २ हजार ४९१ थान अत्यावश्यक सवारी लाइसेन्स छापिएको जनाएको छ । सुरक्षण मुद्रण केन्द्रबाट छापिएका उक्त सवारी लाइसेन्स विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सार्वजनिक गरेको हो ।
गत कात्तिक २१ गते काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी लाइसेन्स छपाइ सुरु भएको थियो । त्यसयता शुक्रबारसम्म उक्त परिमाणमा लाइसेन्स छपाइ भएको हो । विभागका अनुसार हाल वैदेशिक रोजगारीमा जाने श्रमिक तथा विद्यार्थीहरुका लागि अत्यावश्यक भएको सवारी लाइसेन्स छापिएको छ ।
तुरुन्तै सवारी लाइसेन्स आवश्यक परेका चालकले अनलाइन तथा भौतिक रुपमा आवेदन दिएपछि यस्तो लाइसेन्स छपाइ गरिने विभागले जनाएको छ । गत भदौ २३/२४ गतेको जेनजी आन्दोलनका क्रममा विभागमा आगजनी हुँदा लाइसेन्स छपाइका लागि अनलाइन फारम भरेर एप्रुभ भएका आवेदकलाई ७२ घण्टाभित्र लाइसेन्स लिन आउनु भनी पठाइने स्वचालित ‘नोटिफिकेसन’ प्रणाली अवरुद्ध भएकाले फेसबुकमा सार्वजनिक गरेको हो ।
साथै विभागको फेसबुक पेजमा नाम प्रकाशित भएका आवेदकहरूलाई सक्कल राजस्व तिरेको रसिद लिएर अनुमति पत्र लिनका लागि विभागमा उपस्थित हुन अनुरोध गरेको छ। त्यसैगरी लाइसेन्स नवीकरण गर्ने वा नयाँ वर्ग थप गर्ने आवेदकको हकमा पुरानो सवारी चालक अनुमति पत्र पनि अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण