बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा
LIVE UPDATES

LIVE UPDATES : सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा

शनिबार, २० मङ्सिर २०८२, ११ : ३७
Live

काठमाडौँ । विराटनगर किङ्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।  शनिबार भएको खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै प्रतियोगिताको पहिलो क्वालिफायरमा स्थान बनाएको हो । 

अब सुदूरपश्चिम र विराटनगरले पहिलो क्वालिफायरमा फाइनल प्रवेशका लागि खेल्नेछन् । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको विराटनगरले ११ ओभर ५ बलमा सम्पूर्ण ४ विकेट गुमाउँदै १५० रन बनाएको हो । 

विराटनगरका लागि फाफ डू प्लेसिस र सम हेजलेटले अर्धशतकीय पारी खेले । २० बल खेलेका डू प्लेसिसले ५ चौका र ४ छक्का प्रहार गरे ।  त्यस्तै २७ बल खेलेका हेजलेटले ३ चौका र ४ छक्का प्रहार गरे ।विराटनगरका मार्टिन गप्टिलले २२ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका लागि अविनाश बोहराले दुई विकेट लिँदा हर्मीत सिंहले एक विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आरिफ शेखले नट आउट ४५ रन बनाउँदा इशान पाण्डेले ३८ रनको योगदान गरे ।  

बलिङतर्फ सन्दीप लामिछानेले तीन विकेट लिँदा प्रतिश जिसीले दुई विकेट लिए ।

हेर्नुहोस् लाइभ अपडेट : 
 
सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा

काठमाडौँ । विराटनगर किङ्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।  शनिबार भएको खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै प्रतियोगिताको पहिलो क्वालिफायरमा स्थान बनाएको हो । 

अब सुदूरपश्चिम र विराटनगरले पहिलो क्वालिफायरमा फाइनल प्रवेशका लागि खेल्नेछन् । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको विराटनगरले ११ ओभर ५ बलमा सम्पूर्ण ४ विकेट गुमाउँदै १५० रन बनाएको हो । 

विराटनगरका लागि फाफ डू प्लेसिस र सम हेजलेटले अर्धशतकीय पारी खेले । २० बल खेलेका डू प्लेसिसले ५ चौका र ४ छक्का प्रहार गरे ।  त्यस्तै २७ बल खेलेका हेजलेटले ३ चौका र ४ छक्का प्रहार गरे ।विराटनगरका मार्टिन गप्टिलले २२ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका लागि अविनाश बोहराले दुई विकेट लिँदा हर्मीत सिंहले एक विकेट लिए । 

सुदूरपश्चिमलाई तेस्रो सफलता, गप्टिल २२ रनमा आउट

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सविरुद्ध तेस्रो सफलता हात पारेको छ । 

विराटनगरले १० ओभरमा बनायो १२७ रन

काठमाडौँ । साम हेजलेट र फाफ डू प्लेसिसको अर्धशतकमा विराटनगर किङ्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सविरुद्ध १० ओभरमा १२७ रन बनाएको छ । 

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको विराटनगरले १० ओभरमा दुई विकेट गुमाउँदै १२७ रन बनाएको हो ।   विराटनगरका लागि अहिले क्रिजमा बसिर अहमद र मार्टिन गप्टिल छन् ।

सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाएर आउट भए हेजलेट

काठमाडौँ । साम हेजलेटले विराटनगर किङ्सका लागि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक पूरा गरेका छन् । 

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको विराटनगरका लागि हेजलेटले २७ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले २७ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५१ पूरा गरे । उनी हर्मीत सिंहको बलमा आउट भए ।

त्रिवि मैदानमा फाफ डू प्लेसिसको अर्धशतक

काठमाडौँ । फाफ डू प्लेसिसले विराटनगर किङ्सका लागि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक पूरा गरेका छन् । 

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको विराटनगरका लागि उनले १९ बलमा अर्धशतक पूरा गरेका हुन् ।  उनले १९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५० रन पूरा गरे ।

अर्धशतक बनाएसँगै उनी नेपाली बलर अविनाश बोहराको बलमा आउट भएका छन् । 

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १४८ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि आरिफ शेखले ३२ बलमा अविजित रहँदै ४५ रन बनाए । यस्तै इशान पाण्डेले ३८ रन जोड ।

सुदूरपश्चिमले १० ओभरमा बनायो ५४ रन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सविरुद्ध सुदूरपश्चिम रोयल्सले १० ओभरमा ५४ रन बनाएको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १० ओभरमा दुई विकेट गुमाउँदै ५४ रन बनाएको हो । 

सुदूरपश्चिमका लागि इशान पाण्डे र आरिफ शेख कृजमा रहेका छन् ।

विराटनगरलाई पहिलो सफलता, विनोद १५ रनमा आउट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिलो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले विनोद भण्डारीको रूपमा पहिलो विकेट गुमाएको हो । 

विनोदलाई बसिर अहमदले १५ रनमा बोल्ड आउट गरेका हुन् ।

एनपीएल : विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्दै

काठमाडौं । दोश्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबारको पहिलो खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्स  विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया