उम्मेदवार सिफारिस गर्न राष्ट्रिय मुक्ति पार्टीको निर्देशन, ५० प्रतिशत महिला अनिवार्य
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न पार्टीका मातहतका निकायलाई निर्देशन दिएको छ ।
मंसिर १ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयका आधारमा सबै जिल्ला अध्यक्ष, संयोजक तथा इन्चार्जलाई उम्मेदवारको नाम सिफारिस गरी मंसिर मसान्तभित्र केन्द्रमा पठाउन निर्देशन दिइएको हो ।
पार्टीका अध्यक्ष राजेन्द्र महतोद्वारा जारी विज्ञप्तिमा जिल्लामा उपलब्ध केन्द्रीय नेताहरूको सहभागितामा विस्तारित बैठक आयोजना गरी प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारको सूची सिफारिस गर्न निर्देशन दिइएको छ ।
विशेषगरी समानुपातिकतर्फ उम्मेदवार सिफारिस गर्दा प्रत्येक क्लस्टरमा ५० प्रतिशत महिला अनिवार्य हुने कानुनी व्यवस्थालाई कडाइका साथ पालना गर्न पार्टीले स्पष्ट निर्देशन दिएको छ ।
त्यसैगरी समानुपातिकतर्फ नाम पठाउँदा उम्मेदवारहरूको नागरिकताको प्रतिलिपि, भोटर आईडी कार्ड तथा अल्पसंख्यक वा अपाङ्गता सम्बन्धी प्रमाणपत्र भए त्यसको प्रतिलिपिसमेत संलग्न गर्न पनि भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण