गोरखाको रिपुम गुम्बामा आगालागी
आइतबार, २१ मङ्सिर २०८२, २० : ०२
सारांश
- गोरखाको रिपुम गुम्बामा आगलागी हुँदा तीन तले भवन नष्ट भयो।
- आगलागीबाट ५० कोठा, लत्ताकपडा, भाँडाकुँडा र फर्निचर जलेर नष्ट भए।
- गुम्बा एक हजार वर्ष पुरानो हो भने आगलागी भएको भवन ४० वर्ष पुरानो हो।
गोरखा । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ। आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए।
आगलागीबाट भवनका करिब ५० वटा कोठा, त्यहाँ रहेका लत्ताकपडा, भाँडाकुँडा, फर्निचर सबै जलेर नष्ट भएको छ । त्यहाँ लामासहित ६० जना भिक्षुहरु बस्ने गर्थे र आगलागीको कारण खुल्न नसकेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
घटनास्थलमा प्रहरीचौकी सामागाउँ र लार्के प्रहरी चौकी नाम्रुङको टोली खटिएको र क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको उनले बताए।
यहाँको रिपुम गुम्बा एक हजार वर्षभन्दा पुरानो हो। आगलागी भएको लामाको आवास भवन भने ४० वर्ष पुरानो हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण