फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक
काठमाडौँ । कलाकार अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक गरिएको छ ।
आइतबार आयोजित एक कार्यक्रम बिच सार्वजनिक ट्रेलरमा फिल्मलाई पारिवारिक तथा सामाजिक ड्रामाको रूपमा बुझाइएको छ । ट्रेलरले सन्तानको अस्ट्रेलिया सपना, पारिवारिक प्रेम, बिछोड र सामाजिक सङ्घर्षको कथामा फिल्म बनेको सङ्केत दिन्छ ।
‘झरी’पछि आउने ‘इन्द्रेणी’लाई खुसीको रूपमा लिइन्छ । फिल्मको कथाका मुख्य सार पनि यही रहेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । फिल्म मार्फत अभिनेता गणेश उप्रेती ९ वर्षपछि नेपाली रजतपटमा कमब्याक गरेका छन् । ट्रेलरमा उनलाई एक परिपक्व र सङ्घर्षशील पारिवारिक पात्रको रूपमा पनि देखाइएको छ । ट्रेलरमा जेनजी आन्दोलनसँग सम्बन्धी केही दृश्यहरू पनि छन् ।
फिल्ममा गणेशको अलवा रमेश उप्रेती, दीपाश्री निरौला, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, अर्जुन घिमिरे, प्रियना आचार्य लगायतको अभिनय छ । फिल्म मार्फत नव कलाकार बिमोञ्चम दवाडी र जेसिका पोखरेल नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।
कार्यक्रममा निर्देशक पाँडेले फिल्मले हाम्रै समाजको कथा भन्ने बताए । ‘फिल्मको कथा समाजबाट लिइएको हो । त्यसैले कथा सबैको जीवनसँग मेल खान सक्छ’, पाँडेले भने ‘कथालाई फरक तरिकाबाट हामीले पेश गरेका छौँ ।’ फिल्म सबैले रुचाउने आफू विश्वस्त रहेको उनले सुनाए ।
पाँडे यसै फिल्म मार्फत ठुलो पर्दाको निर्देशमा डेब्यु गरेका हुन् । अनिसा सेन्दाङ लिम्बु निर्माता रहेको फिल्मको सह–निर्मातामा अनु थापा, पंकज खड्का, राम कार्की, श्रीजना खड्का र सुवास शर्मा छन् ।
आगामी पुस ४ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको फिल्म नागराज इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण