प्रथम आरुघाट भलिबल प्रतियोगिता हुँदै
सोमबार, २२ मङ्सिर २०८२, ११ : ०८
गोरखा। आरुघाट युवा क्लबको आयोजनामा आगामी पुस १ गतेदेखि ५ गतेसम्म प्रथम महिला तथा पुरुष आरुघाट भलिबल प्रतियोगिता हुने भएको छ। गोरखाको आरुघाटमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा गण्डकी प्रदेश अन्तर्गतका विभिन्न टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।
पुरस्कार राशितर्फ, पुरुष विधामा प्रथम हुने टोलीले दुई लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, दोस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
महिला विधातर्फ भने प्रथम हुने टोलीले १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुने टोलीले एक लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण