फिल्म ‘पीआर’ मेरै जीवनसँग मेल खान्छ : अभिनेता पौडेल
सारांश
- सुरज पौडेल ‘पीआर’ फिल्ममार्फत अभिनेताको रूपमा नेपाली फिल्ममा प्रवेश गर्दैछन्।
- फिल्ममा अस्ट्रेलियामा बस्ने नेपाली विद्यार्थीका मनोवैज्ञानिक, आर्थिक र सामाजिक समस्या देखाइएको छ।
- सुरजले मोडलिङ शोबाट अभिनय यात्रा सुरु गरेका हुन् र उनले फिल्म दर्शकले रुचाउने आशा गरेका छन्।
काठमाडौँ । पछिल्लो समय फिल्ममा नवप्रवेशीको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । यस्तैमा अस्ट्रेलियामा मोडलिङ र अध्ययन गर्दै आएका सुरज पौडेल पनि अभिनेताको रूपमा देखिँदैछन् फिल्म ‘पीआर’ मार्फत । शोभित बस्नेत निर्देशित फिल्म आगामी शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ ।
फिल्मले परदेशमा बस्ने नेपाली विद्यार्थीहरूले भोग्नुपर्ने मनोवैज्ञानिक, आर्थिक र सामाजिक समस्या कथा बनाएको छ । त्यही कथा भएकोले आफूले फिल्म अभिनय गरेको पौडेल बताउँछन् । एक किसिमले भन्दा फिल्म आफ्नै कथा भएको उनको भनाइ छ ।
‘कथाको ९९ प्रतिशत भाग मेरो आफ्नै जीवन जस्तै छ’, सुरज भन्छन्, ‘अस्ट्रेलियामा सुरुका दिनमा एउटा युवाले भोग्ने चुनौतीहरू नै फिल्मको कथा हो’ फिल्म मार्फत समाजलाई सन्देश दिन आफूले अभिनय गरेको उनी सुनाउँछन् ।
सुरजको फिल्म यात्राको संयोग सन् २०१९ को ‘ग्लामर नेपाल’ मोडलिङ शो बाट जुरेको थियो, जहाँ उनको चिनजान निर्देशक बस्नेतकी छोरी सलिना बस्नेतसँग भयो । अस्ट्रेलियामा निर्देशक बस्नेतले फिल्मका लागि अडिसन लिइरहेको खबर सलिनाले नै सुरजलाई दिएकी थिइन् । अभिनयको भोक पहिलेदेखि नै भएकाले सुरजले अडिसन दिए । सोही अडिसनबाट उनी फिल्मका लागि छानिएका हुन् ।
फिल्मका लागि छनौटमा परेपछि पढाइ, काम, मोडलिङको अभिनयका लागि समय मिलाउन गाह्रो भएको थियो । तर फिल्मका निर्देशक बस्नेतले उनको अनुकूल सुटिङ तालिका मिलाइदिएपछि काम गर्न सहज भयो । ‘डेढ महिनासम्म चलेको वर्कसप र यसअघि लिएका अभिनय तालिमले पनि मलाई अभिनय गर्न सजिलो भयो’, उनले थपे ।
केही भाग अस्ट्रेलिया र केही नेपालमा छायाङ्कन भएको फिल्म प्रदर्शनपछि सुरजको अन्य फिल्म पनि अभिनय गर्ने इच्छा छ । तर उनी अस्ट्रेलिया बस्छन् । यहाँ बसेर सम्भव छ र ? उनी जवाफ फर्काउँछन्, ‘भूगोलले कलाकारिता छेक्दैन ।’ सुरज आफ्नो फिल्म दर्शकले रुचाउनेमा आशावादी पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण