नख्खु कारागारबाट भागेका कैदीबन्दी तीन महिनापछि पक्राउ
विराटनगर । जेनजी आन्दोलनको क्रममा काठमाडौँको नख्खु कारागारबाट भागेका एक भारतीय कैदीबन्दीलाई प्रहरीले तीन महिनापछि विराटनगरबाट पक्राउ गरेको छ ।
अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका भारतीय नागरिक ५५ वर्षीय निपुन गुप्तालाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले आइतबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भारत घर भएका मनोरला गुप्ताका छोरा निपुन गुप्ता गत भदौ २४ गते भदौ २४ नख्खु कारागारबाट फरार भएका थिए ।
आन्दोलनको क्रममा सिर्जना भएको असहज परिस्थितिको फाइदा उठाउँदै उनी भाग्न सफल भएका थिए ।
लामो समयदेखि फरार रहेका गुप्ता मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित एक स्थानमा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचना प्रहरीले पाएको थियो ।
सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण