लैङ्गिक आधारमा हुने ‘डिजिटल’ हिंसा थप चुनौतीपूर्ण छ : उपाध्यक्ष घिमिरे
कपिलवस्तु । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले लैङ्गिक आधारमा हिंसाको सामाना गरिरहेका महिलामाथि ‘डिजिटल’ हिंसा थप चुनौतीका रूपमा देखिएको बताएकी छन् ।
कपिलवस्तुको वाणगङ्गा नगरपालिकाले साेमबार आयोजना गरेको ‘डिजिटल प्रविधिको सही प्रयोगसम्बन्धी अन्तरक्रिया’ मा उनले सूचना–प्रविधिको दुरुपयोग हुँदा युवती, महिला, यौनिक अल्पसङ्ख्यक तथा संवेदनशील समूहका व्यक्तिले नयाँ प्रकारका हिंसाको सामना गर्नुपरेको बताइन् ।
उपाध्यक्ष घिमिरेले आक्रमक टिप्पणी, गालीगलौज तथा अपमानजनक प्रतिक्रियाहरूका कारण धेरै युवतीहरू सामाजिक सञ्जालमा आफ्नो विचार व्यक्त गर्न पनि डराउने स्थिति उत्पन्न भइरहेको बताइन् ।
“डिजिटल हिंसाले व्यक्तिको मानसिक स्वास्थ्यमा मात्र होइन, सामाजिक सहभागिता, आत्मविश्वास, पेसागत अवसर र नेतृत्व क्षमतामा समेत गम्भीर असर पारिरहेको छ”, उनले भनिन्,“डिजिटल प्रविधि झनै उन्नत बन्दै जाँदा हिंसाका नयाँ–नयाँ रूप देखा पर्नसक्ने र महिला, नेतृ, पत्रकार, जनप्रतिनिधि तथा सार्वजनिक व्यक्तित्वविरुद्ध चरित्र हत्या हुने अवस्था छ । यसबारे समयमै सचेत हुन आवश्यक छ ।”
उपाध्यक्ष घिमिरेले डिजिटल हिंसा कुनै काल्पनिक समस्या नभई महिला, किशोरी र हजारौँ नागरिकले दैनिक भोगिरहेको वास्तविकता भएको उल्लेख गर्दै यसको बदलिँदो स्वरुपअनुसार रोकथामका रणनीति अद्यावधिक हुनुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन परराष्ट्रमन्त्रीको आग्रह
-
बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
-
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
-
अगाडि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा
-
पहिलो राजनीतिक दल कसरी भयो एमालेमा विलय ?
-
देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण