हरिवनको धुम्बे खोलामा पक्की पुल निर्माण सुरु
हरिवन । सर्लाहीको हरिवन नगरपालिका–४ स्थित पटौनाको धुम्बे खोलामा आज पक्की पुल निर्माणको शिलान्यास गरिएको छ ।
गणेशस्थान मन्दिर जाने बाटोमा पर्ने धुम्बे खोलामा हरिवन नगरपालिकाको १ करोड २२ लाख ९० हजार ५५ रुपैयाँ ७२ पैसाको लागतमा पक्की पुल निर्माण हुन लागेको हो । हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीको प्रमुख आतिथ्यतामा आयोजित औपचारिक कार्यक्रमबीच पुलको शिलान्यास गरिएको हो ।
बहुवर्षीय योजनाअन्तर्गत आगामी असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ साई सारा कन्स्ट्रक्सन प्रालि बागमती–५, मकवानपुरले पुल निर्माणको ठेक्का लिएको हरिवन नगरपालिकाका इन्जिनियर जकी अहमद सिद्धकीले जानकारी दिए । उनका अनुसार पुल निर्माणका लागि गत वैशाख १० गते ठेक्का सम्झौता भएको थियो ।
गणेशस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केदार बस्नेतको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा हरिवन–४ का वडाध्यक्ष केशवराज थापा, ३ का वडाध्यक्ष दिपमान लोप्चन, ७ का वडाध्यक्ष निरध्वज कार्की, १० का वडाध्यक्ष शम्भुप्रसाद मैनाली, ११ का वडाध्यक्ष शेष महबुब रेजा तथा हाम्रो कृषि सहकारी संस्थाका अध्यक्ष तिलक खड्कालगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका वक्ताहरूले धुम्बे खोलामा पुल निर्माणपछि गणेशस्थान मन्दिरलाई धार्मिक तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने र स्थानीयवासीको आवतजावत सहज हुने विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण