बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

‘नृत्य नेपाली पारा’को दोस्रो संस्करण घोषणा

मङ्गलबार, २३ मङ्सिर २०८२, १२ : ११
मङ्गलबार, २३ मङ्सिर २०८२

सारांश

  • नृत्य प्रतियोगिता 'नृत्य नेपाली पारा'को दोस्रो संस्करण घोषणा गरियो।
  • प्रतियोगितामा जुनियर र सिनियर गरी दुई समूहमा प्रतिस्पर्धा हुनेछ ।
  • प्रतियोगिताको विजेतालाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

काठमाडौँ । नृत्य प्रतियोगिता ‘नृत्य नेपाली पारा’को दोस्रो संस्करण घोषणा गरिएको छ । आयोजक नेपाल लोक नृत्य सेन्टरले काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगिता घोषणा गरेको हो ।

नृत्य निर्देशक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, एभरेट नेपाल कल्चर ग्रुपका अध्यक्ष आरसी कोइराला, निर्देशक शम्भु शाही, सुनिल गिरी, कृष्ण रसाल, रमेश बुढाथोकी, अजय विष्ट,सरोज श्रेष्ठ, रिषिकेश श्रेष्ठ, रमेश पाठक, शिला गजुरेललगायतको उपस्थिति रहेको कार्यक्रममा आयोजक संस्था अध्यक्ष केशव कोइरालाले प्रतियोगिताको विभिन्न पक्षबारे जानकारी दिए ।

अध्यक्ष कोइरालाका अनुसार प्रतियोगिता दुई तहमा सञ्चालन हुनेछ । जुनियर समूहमा कक्षा २ देखि ५ सम्मका विद्यार्थी र सिनियरमा समूहमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई नृत्य नेपाल संघले सहकार्य गरेको छ ।

प्रतियोगिताको निर्णयकमा शम्भु शाही, अनिता गोले तामाङ, रमेश बुढाथोकी, कृष्ण रसाल रहेका छन् । अडिसन राउण्डबाट छनोट भएका दुईवटै क्याटेगोरीका विद्यार्थीलाई नृत्य कार्यशाला (वर्कसप) गराइनेछ । जसको प्रशिक्षकमा दक्षिणा लामा दावा, सरोज श्रेष्ठ र अभि वाग्ले गर्नेछन् । 

प्रतियोगिताका विजेतालाई प्रथम पुरस्कारमा २० हजार रुपैयाँ, दोस्रोमा १० हजार, तेस्रोमा सात हजार, चौथोमा पाँच हजार र पाँचौं पुरस्कारस्वरूप पाँच हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

बालबालिकालाई नृत्यमा अग्रसर गराउदै कलासंस्कृति, भेषभूषा, मौलिकताको प्रचार गर्ने उद्देश्य प्रतियोगिताको रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप