कोशी प्रदेशसभा भवन बनाउन साढे ५ करोड लाग्ने अनुमान
विराटनगर । कोशी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएपछि कटहरीस्थित कृषि बजारमा सारिएको प्रदेशसभाको नयाँ सभा भवन मर्मतका लागि साढे ५ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ ।
मोरङको कटहरीस्थित फलफूल तथा कृषि थोक बजारको संरचनालाई संसद सञ्चालन योग्य बनाउन ५ करोड ४० लाख २४ हजार ७ सय ९२ रुपैयाँ बजेट चाहिने भौतिक पूर्वाधार विकास मन्त्रालयले माग गरेको हो । उक्त प्रदेशसभा बनाउने जिम्मा पूर्वाधार मन्त्रालयलाई दिइएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले तयार पारेको लागत अनुमान (इस्टिमेट) आर्थिक मामिला तथा योजना मन्त्रालयमा पुगेको छ ।
मन्त्रालयले तयार पारेको विवरण अनुसार तरकारी बजारको संरचनालाई संसद भवनको रूप दिन विभिन्न चार शीर्षकमा बजेट बाँडफाँट गरिएको छ । जसमध्ये सबैभन्दा धेरै रकम संसदीय समितिहरूको बैठक कक्ष बनाउन खर्च हुनेछ ।
समिति हल मर्मत कार्यका लागि २ करोड ८५ लाख ६४ हजार ६ सय २४ रुपैयाँ लाग्ने भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । यस्तै बैठकका लागि सभाहल निर्माण तथा मर्मत गर्न २ करोड १३ लाख ५७ हजार ५ सय ५६ रुपैयाँ लाग्ने छ ।
मुख्य भवन तथा क्यान्टिन मर्मतका लागि २७ लाख ९९ हजार ८ सय २७ रुपैयाँ र अन्य संरचना निर्माण गर्न १३ लाख २ हजार ७ सय ८३ रुपैयाँ लाग्ने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पुँजीगत खर्च दयनीय, रास्वपा महाधिवेशनमा देखिएला चुनावी ‘साइड इफेक्ट’ ?
-
रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ
-
स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो
-
निःशुल्क स्वास्थ्य शिविरमा ३३४ महिलाले लिए सेवा
-
पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
सात प्रदेशको कस्तो आयो कृषि बजेट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण