मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

एमाले महाधिवेशन : विनोद ढकाल सचिवमा लड्ने

मङ्गलबार, २३ मङ्सिर २०८२, १४ : ०९
मङ्गलबार, २३ मङ्सिर २०८२

विराटनगर । एमाले नेता विनोद ढकालले एघारौँ महाधिवेशनमा सचिव पदमा प्रतिस्पर्धा गर्ने बताएका छन् ।

एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट संगठित हुँदै राजनीतिमा लागेको मोरङ विराटनगर निवासी ढकालले सचिव पदमा उम्मेदवारी दिने बताएका हुन् । 

ढकालले अनेरास्ववियुको मोरङको जिल्ला अध्यक्षदेखि केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरेका छन् । पार्टी राजनीतिमा पनि ढकालले वडा तहदेखि केन्द्रीय कमिटीको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

ढकाल मोरङ जिल्ला कमिटीमा अध्यक्ष, जिल्ला इञ्चार्ज रहँदै दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा फराकिलो मतान्तरसहित निर्वाचित भएका थिए । ढकाल कोशी प्रदेशको पहिलो अधिवेशनमा अध्यक्षका प्रत्याशी थिए । उनी घनश्याम खतिवडासँग त्यसबेला पराजित भए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको असहयोगका कारण लामो समयसम्म पार्टीको कुनै महत्त्वपूर्ण जिम्मेवारी र भूमिकाविहिन बनाइएका ढकाल कोशी प्रदेशमा भने सँधै केन्द्रमा रहने गरेका छन् । उनकै कारण यसअघि मोरङ जिल्ला अधिवेशनमा ढकाल निकटले प्यानल नै जितेका थिए भने अध्यक्ष केपी शर्मा ओली पक्ष भने पराजित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप