गाडी गुडिरहेको सडकमा विमानको आपतकालीन अवतरण, कार चालक घाइते
बुधबार, २४ मङ्सिर २०८२, १३ : ५८
सारांश
- फ्लोरिडाको व्यस्त सडकमा एउटा विमान आपतकालीन अवतरण गरेको छ, जसले गर्दा कार चालक घाइते भएका छन्।
- मेरिट आइल्याण्ड नजिकैको आई-९५ हाइवेमा बीचक्राफ्ट ५५ मोडलको विमानले आपतकालीन अवतरण गरेको हो ।
- इन्जिनमा समस्या आएपछि पाइलटले विमानलाई हाइवेमा अवतरण गराएका थिए, तर उनी र उनका साथी सकुशल छन्।
फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राज्यमा व्यस्त सडकमा एउटा विमान आपतकालीन अवतरण गरेको छ । मेरिट आइल्याण्ड नजिकै आई–९५ हाइवेमा स्थानीय समय अनुसार सोमबार साँझ ५ः ४५ बजे एउटा सानो विमानले आपतकालीन अवतरण गरेको हो ।
गाडी गुडिरहेकै समयमा विमान अवतरण गर्दा एउटा कारसँग ठोक्किएको र कार चालक घाइते भएको जनाइएको छ । बीचक्राफ्ट ५५ मोडलको उक्त विमानमा २७ वर्षीय पाइलट र उनका साथी सवार थिए ।
विमानको इन्जिनमा समस्या देखिएपछि हाइवेमै आपतकालीन अवतरण गराएको बताइएको छ । उक्त दुर्घटनामा विमान चालक र उनका साथी भने सकुशल छन् ।
दुर्घटनापछि केही घण्टा उक्त हाइवे बन्द गर्नुपरेको अधिकारीहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण