शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसकाे क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा संयोजक र सदस्यहरू मनोनीत

बुधबार, २४ मङ्सिर २०८२, २१ : ००
बुधबार, २४ मङ्सिर २०८२

काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि आवश्यक क्रियाशील सदस्यता (नयाँ तथा नवीकरण) सम्बन्धी उजुरीहरूको छानबिन गर्न गठन गरिएको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा संयोजक तथा सदस्यहरूको मनोनयन गरिएको छ।

बुधबार पार्टीका मुख्यसचिव कृष्णप्रसाद पाैडेलले प्रेस विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति संयोजक र सदस्य मनोनयन गरिएकाे बताए । 

क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिको संयोजकमा पार्टीका सह–महामन्त्री महेन्द्र यादवलाई मनाेनयन गरिएकाे छ । त्यस्तै सदस्यहरुमा शिवप्रसाद हुमागाँइ, प्रा.डा. गोविन्दराज पोखरेल,अजयवावु शिवाकोटी र शान्ति परियार वि.क. लाई मनोनयन गरिएकाे छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप