महाधिवेशनबाट गुटबन्दी अन्त्यको सङ्कल्प गरौँ : उपमहासचिव गुरुङ
बिहीबार, २५ मङ्सिर २०८२, १० : ५८
सारांश
- एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीको महाधिवेशनबाट गुटबन्दी अन्त्यको आह्वान गरे।
- उनले राजनीतिक अस्थिरतामाझ महाधिवेशनलाई वैचारिक स्पष्टताको सङ्गम भने।
- गुरुङले प्रतिनिधिहरूको जोश र सङ्घर्षले एमालेलाई देशको प्रमुख शक्ति बनाएको बताए।
काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीको ऐतिहासिक ११ औँ राष्ट्रिय महाधिवेशनबाट गुटबन्दी अन्त्यको सङ्कल्प गरेर 'सुखी नेपाली, समृद्ध नेपाल' को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सक्षम नेतृत्व र नीति निर्माण गर्न आह्वान गरेका छन्।
गुरुङले मुलुक अहिले राजनीतिक अस्थिरता र अन्योलको भुमरीमा रहेको विशिष्ट घडीमा हुन गइरहेको यो महाधिवेशन फगत नेतृत्व चयनको औपचारिकता मात्र नभई यो वैचारिक स्पष्टता, सांगठनिक सुदृढीकरण र राष्ट्रिय समृद्धिको मार्गचित्र कोर्ने ऐतिहासिक सङ्गम पनि भएको बताएका हुन्।
उनले प्रतिनिधिहरूको जोश, जाँगर र सङ्घर्षले नै आज एमाले देशको प्रमुख शक्ति बनेको उल्लेख गर्दै उनीहरूको गरिमामय उपस्थितिले पार्टीलाई थप एकताबद्ध, जुझारु र गतिशील बनाउनेमा आफू पूर्ण विश्वस्त रहेको जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण