फिल्म ‘तलाश’ फागुनमा रिलिज हुने
काठमाडौँ । विश्व शान्ति फिल्मस् प्रालिले निर्माण गरेको फिल्म ‘तलाश’ फागुनमा रिलिज हुने भएको छ । हस्त लिबाङको डेब्यू निर्देशकीय फिल्म मोरङ, धरान, इलाम र काठमाडौँमा छायाङ्कन गरिएको छ ।
निर्देशक लिबाङले समाजमा रहस्यमय तरिकाले घटने आपराधिक घटनाहरुसँग सम्बन्धित कथालाई फिल्ममा देखाइएको बताए । उनले फागुनमा रिलिज हुने भनिए पनि कुन मितिमा रिलिज हुने भन्नेबारे आन्तरिक छलफलमा रहेको जानकारी दिए ।
फिल्ममा एलिना बाँस्कोटा, राजकुमार लिङदेन, सोम लामा, बिमला खजुम, हस्त लिबाङ, अन्जिता नेम्वाङ, दिलिप ठकुरी, अजय खडका, मुकेश कालिकोटे, दावा मिङमार शेर्पा, पुण्य ओझा, सागर केरुङ, विमल ढुङ्गेल, विक्रम धिमाल, प्रिति योगी, कल्याण राई, विश्व मुखिया लगायतको अभिनय छ ।
फिल्ममा रोशन वान्तवा राई र उदय नेम्बाङको संगीत, स्मिता दाहाल, मेलिना राई, उदय नेम्वाङ, दिनेश लिङदेन, यदु राई लकाल्द्री र रोशन सुवेदीको स्वर, दिनेश माङमुको नृत्य, विक्रम डिसीको छायाङ्कन, पुण्य ओझाको द्वन्द्व रहेको छ । फिल्मको कथा तथा निर्देशन सल्लाहकार दिनेश लिङदेन हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण