जेनजी आन्दोलनमा घुसपैठ भएकाे सुदनकाे दाबी
सारांश
- जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सम्झौता वार्तामा 'घुसपैठ' भएको आरोप लगाए।
- उनले सम्झौता पत्र च्यात्ने अजय सोडारी आन्दोलनको समयमा नेपालमा नभएको बताए।
- गुरुङका अनुसार सोडारी आन्दोलनको समयमा कोरियामा थिए र पछि मात्र नेपाल फर्किए।
काठमाडौँ । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले हिजो सरकार र जेनजी समूहबिच भएको सम्झौता वार्तामा ‘घुसपैठ’ भएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै यस्तो दाबी गरेका हुन् ।
गुरुङले हिजोको कार्यक्रममा सम्झौता पत्र च्यात्ने अजय सोडारी आन्दोलनको मुख्य समयमा नेपालमै नरहेको बताएका छन् । उनका अनुसार गत भदौ २३ मा जेनजी आन्दोलन चलिरहँदा सोडारी कोरियामा थिए । उनी आन्दोलन भएको करिब ४० दिनपछि अर्थात् १८ अक्टोबरमा मात्र नेपाल फर्किएको गुरुङको दाबी छ ।
सामाजिक सञ्जालमा लेख्दै गुरुङले भनेका छन् ‘जेनजी आन्दोलनमाथि घुसपैठ यसैलाई भनिन्छ। हिजो जेनजीको पक्षमा सम्झौता नभएको भन्दै सम्झौता पत्र च्यात्ने अजय सोडारी आन्दोलनका बेला कोरियामा थिए ।’
हिजोको वार्ताका क्रममा सोडारीले सरकारसँग भएको सम्झौता जेनजीको हितमा नभएको भन्दै उक्त पत्र च्यातेपछि कार्यक्रमस्थलमा केहीबेर तनाव सिर्जना भएको थियो । अगुवा गुरुङको यो अभिव्यक्तिले आन्दोलनकारीबिचको विवाद र घुसपैठको आशंकालाई थप बल पुर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण