आजदेखि ‘१३औँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव’
काठमाडौँ । विश्वभरका मानवअधिकार केन्द्रित चलचित्रलाई एउटै छानामुनी ल्याउने उद्देश्यकासाथ ‘१३औँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ आजदेखि काठमाडौँमा सुरू हुँदैछ । ‘बाल अधिकार’ भन्ने नाराका साथ यही मङ्सिर २९ गतेसम्म पाँच दिन चलचित्र विकास बोर्डको सभाहल र पर्यटन बोर्डको सभाहलमा महोत्सव सञ्चालन हुने महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिए ।
“हामीले २६ देशका ५० चलचित्रहरू प्रदर्शन गर्दैछौँ, महोत्सवमा छानिएका धेरैजसो चलचित्रले कान्स, बर्लिनाले, भेनिस र बुसानजस्ता प्रतिष्ठित अन्तरराष्ट्रिय महोत्सव सहभागिता जनाइसकेका छन्”, उनले भने । उनले महोत्सवमा देखाइने चलचित्रले मानवअधिकारका विषयलाई सहज र सरल रूपमा दर्शकसम्म पुर्याउने बताए ।
‘कान्स फिल्म फेस्टिभल २०२५’ अन्तर्गत ‘पाल्मे डी ओर’ (लघु चलचित्र) विजेता ‘आई एम ग्ल्याड यु आर डेड नाउ’, सोही महोत्सवमा पहिलोपटक प्रदर्शनी गरिएको ‘नाभी लीली’, बजिका भाषामा बनेको पहिलो ‘फिचर’ चलचित्र ‘आजुर’लगायत महोत्सवको आकर्षण रहेको महोत्सव निर्देशक खत्रीले जानकारी दिए ।
महोत्सवमा निर्देशक, निर्माता, कलाकार तथा मानवअधिकारकर्मीको उपस्थितिमा अन्तरक्रियात्मक समूहगत छलफल, फोटो प्रदर्शनी, ‘लाइभ पेन्टिङ’लगायत विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण