चलचित्र विकास बोर्डको अध्यक्ष खुला प्रतिस्पर्धाबाट ल्याउने व्यवस्था गरौँ : सञ्चारमन्त्री
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डको अध्यक्ष योग्यताक्रमका आधारमा खुला प्रतिस्पर्धाबाट ल्याउने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।
विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकमा भएको चलचित्रसम्बन्धी विधेयकको दफावार छलफलका क्रममा उनले यस्तो प्रस्ताव गरेका हुन् ।
उनले बोर्डलाई स्वायत्त नै बनाउनुपर्ने र बोर्डमा आउने अध्यक्ष खुला प्रतिस्पर्धाबाटै ल्याउने व्यवस्था गर्नुपर्नेमा जोड दिए । मन्त्री र प्रधानमन्त्रीका खल्तीका मान्छे भर्ती गर्ने गरिएकोले देश बिग्रिएको उनको भनाई छ ।
उनले हाल खुला नियुक्त हुने पदमा पनि कागजात मिलाएर नामको मात्रै खुला प्रतिस्पर्धा हुने गरेको बताए । उनले नियुक्तिको लागि करोडौँको डिल गर्ने अवस्थाको अन्त्य गर्ने गरी कानुनी प्रबन्ध गरिनुपर्नेमा जोड दिए ।
उनले अध्यक्ष खुला प्रतिस्पर्धामार्फत मेरिटवेशमा ल्याएपछि बोर्डका सदस्यहरू भने समानुपातिक रूपमा मनोनीत गर्न सकिने बताए।
उनले बोर्डको अध्यक्षलाई चार वर्ष पूर्णरुपमा काम गर्न पाउने गरी कानुन बनाउनुपर्ने बताए । सरकार परिवर्तनपिच्छे नै अध्यक्ष परिवर्तन गर्न लाग्दा अपेक्षित काम गर्न नसक्ने उनको भनाइ छ ।
काम नगरेको खण्डमा भने हटाउन मिल्ने पनि बनाउनुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण