रामेछापको फुलासीमा गुम्बाको शिलान्यास
बिहीबार, २५ मङ्सिर २०८२, १७ : ५७
काठमाडौँ । रामेछापको मन्थली नगरपालिका–१४ स्थित कर्जङ फुलासीमा गुम्बा बन्ने भएको छ । बिहीबार बागमती प्रदेशसभा सदस्य विमल ठकुरीले एक कार्यक्रमको बिचमा गुम्बाको शिलान्यास गरे । ठकुरी बागमती प्रदेशको पूर्वपर्यटन तथा संस्कृति मन्त्री हुन् ।
छ्यूमी घ्याछर गुम्बाको शिलान्यास गर्दै प्रदेश सांसद ठकुरीले धार्मिक सहिष्णुतालाई कायम राख्न समाजका सबै मानिसहरू लाग्नुपर्ने बताए । उनले भने– ‘धार्मिक सहिष्णुतालाई हामीले सधैँ कायम राख्नुपर्छ ।’
फुलासीमा आयोजित गुम्बा शिलान्यास कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्ट र स्थानीय अगुवाहरू उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर र ट्रमालाई निर्देशन : यही हप्ताभित्र शुलभ फार्मेसी सञ्चालनमा ल्याउनू
-
कुन टिमको विगत कस्तो ? ब्राजिल र जापानमा कुन बलियो ? (भिडियो)
-
इन्दिरा जोशीको आइटम गीत ‘सेन्सेसन’मा आश्माको बोल्ड अवतार
-
अमृत कोषमा बढ्न थाल्यो दुधको माग, धान्न अस्पताललाई मुस्किल
-
२० तस्बिरमा हेर्नुहाेस् रोपाइँ महोत्सव
-
इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण