चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौँ : मन्त्री घिसिङ
वीरगञ्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तोकिएकै समयमा चुनाव हुने बताएका छन् ।
बाराको सिमरामा बिहीबार आयोजित कार्यक्रममा मन्त्री घिसिङले जेनजी आन्दोलनपछि परिवर्तनलाई संस्थागत गर्न र सुरक्षित रूपमा अवतरण गराउन सही र सक्षम नेतृत्व छनोट गर्न आग्रह गरे ।
उनले भने,‘तोकिएकै मितिमा चुनाव सम्पन्न गर्न सरकारले आवश्यक तयारी गरिरहेको छ, चुनाव हुन्छ, आन्दोलनले चुनाव मात्र चाहेको हैन, विषम परिस्थितिमा हुन लागेको चुनावपछिको नेतृत्व कस्तो आउँछ त्यतातर्फ गम्भीर भएर सोच्नु पर्ने अवस्था छ, भ्रष्टाचार नियन्त्रण, प्रभावकारी सेवा प्रवाह, सुशासनजस्ता आन्दोलनको म्याण्डेटलाई पूरा गर्न सक्षम र विश्वासिलो नेतृत्व चुन्नु पर्नेछ, त्यसैले यस्तो महत्त्वपूर्ण अवसरलाई प्रयोग गरी देशलाई समृद्ध बनाउन र नयाँ दिशातर्फ लैजान सक्ने नेतृत्व ब्यालेटमार्फत छनोट गरौँ ।’
सुशासन र सामाजिक न्यायको क्षेत्रमा ठुलो काम गर्नु पर्ने अवस्था रहेको उल्लेख गर्दै मन्त्री घिसिङले सही र सक्षम नेतृत्व छनोट गरी मुलुकको समग्र क्षेत्रको विकासका लागि अगाडि बढ्नु पर्ने बताए ।
उनले मधेस प्रदेशका जिल्लाहरूमा रहेको कृषिको अपार सम्भावनालाई ध्यान दिई खेतमा सिँचाइ गर्न विद्युत् महसुलमा सहुलियत दिएर प्रति युनिट २ रुपैयाँ मात्र कायम गरिएको उल्लेख गरे ।
मधेस प्रदेशमा औद्योगीकरण र विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, सुरक्षित र गुणस्तरीय बनाउन ठुला क्षमताका प्रसारण तथा वितरण संरचनाको विस्तार एवम् सुदृढीकरण भइरहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण