प्रतिबन्धित मुङ्ग्री माछा नष्ट
सारांश
- नेपाल प्रहरीले सिरहामा भारतबाट अवैध रूपमा ल्याइएको १०० केजी मुङ्ग्री माछा बरामद गरी नष्ट गरेको छ।
- प्रहरीले माछा ओसारपसारमा प्रयोग भएको मोटरसाइकलसमेत बरामद गरेको छ र एक व्यक्तिलाई शंकास्पद मानिएको छ।
- मुङ्ग्री माछा मानव स्वास्थ्यका लागि जोखिमपूर्ण हुने र स्थानीय वातावरणमा नकारात्मक असर पार्ने भएकाले प्रतिबन्ध लगाइएको हो।
सिरहा । नेपाल प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएको प्रतिबन्धित मुङ्ग्री जातको करिब १०० केजी माछा बरामद गरी नष्ट गरेको छ।
विशेष सूचनाको आधारमा प्रहरीले बिहीबार सिरहाको गोलबजार–धनगढी सीमाक्षेत्रको गागन खोलाबाट उक्त माछा नियन्त्रणमा लिएर नष्ट गरेको हो। इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख तथा प्रहरी निरीक्षक सुदन केसीका अनुसार माछासहित तस्करीमा प्रयोग भएको एक मोटरसाइकल पनि बरामद गरिएको छ। बरामद गरिएको माछा गोलबजार–८ चोहर्वाका राजा सहनीको भएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार सहनीले दैनिक रूपमा आधा दर्जन जति मोटरसाइकल प्रयोग गरी भारतबाट प्रतिबन्धित मुङ्ग्री तथा जलकपुर जातका माछा ल्याएर लहान, धनगढी, गोलबजार, मिर्चैया, विष्णुपुर र सिरहा सदरमुकामका व्यापारीहरूलाई आपूर्ति गर्दै आएका थिए। उनले सीमा क्षेत्रका विभिन्न बाटो प्रयोग गरी माछा भित्र्याउने गरेको आरोप छ।
मुङ्ग्री माछा मानव स्वास्थ्यका लागि जोखिमयुक्त हुने, अस्वस्थकर वातावरणमा हुर्काइने र रसायनको प्रयोग हुने सम्भावनाका साथै यसले स्थानीय वातावरण तथा जलचर प्रणालीमा नकारात्मक असर पार्ने भएकाले नेपाल सरकारले यसमाथि प्रतिबन्ध लगाएको हो।
बरामद गरिएको माछा इलाका प्रहरी कार्यालय परिसरमा स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण