पूर्वमन्त्री गुरुङ कांग्रेसबाट एकल उम्मेदवार सिफारिस
शुक्रबार, २६ मङ्सिर २०८२, १८ : २९
पोखरा । नेपाली कांग्रेस मनाङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एकल उम्मेदवार सिफारिस गरेको छ ।
निवर्तमान सांसद तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको नाम एकल रूपमा सिफारिस गरिएको जिल्ला सचिव सुरेन्द्र गुरुङले जानकारी दिए ।
‘सहमतिमै नाम टुङ्गो लागेको छ । मनाङबाट एक जनाको मात्रै नाम सिफारिस भएको छ,’ उनले भने । गुरुङ पहिलो पटक २०७० को दोस्रो संविधानसभामा निर्वाचित भएका थिए ।
सोही समयमा श्रम तथा रोजगार राज्यमन्त्री बनेका उनी २०७४ मा एमालेसँग पराजित भए । २०७९ को निर्वाचनमा उनी पुनः निर्वाचित भएका हुन् ।
उनी यसअघि भृकुटीमण्डपको जग्गामा भ्रष्टाचार आरोपमा दोषी ठहरिएका छन् । उनलाई अदालतले जरिवाना लिएर छोड्ने आदेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण