एमालेले पदाधिकारी र केन्द्रीय सदस्य नथप्ने
काठमाडौँ । नेकपा एमालेले गत भदौ दोस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको पार्टी विधान संशोधन नगर्ने भएको छ ।
यसअघि एमालेले विधान संशोधन गर्ने चर्चा भएपनि एमालेले भदौमा पारित विधान अनुसार नै ११औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कमिटी गठन गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
महाधिवेशनको अघिल्लो दिन बसेको एमाले सचिवालय बैठकमा समेत त्यसबारे छलफल भएपनि विधान संशोधन सम्बन्धी कुनै पनि निर्णय नगरेको हो ।
भदौमा भएको विधान महाधिवेशनबाट पारित भएर आएको बाहेक कुनै पनि संशोधन नहुने ज्ञवालीले बताए ।
यस्तै आजको बैठकले १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । एमाले सचिवालय बैठकले महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गरेको हो ।
एमालेको विधान अनुसार अबको महाधिवेशनले २५१ सदस्यीय केन्द्रीय कमिटी, १५ सदस्यीय पदाधिकारी हुने तथा स्थायी कमिटी नरहने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण