अदालत
भिजिट भिसा प्रकरण : तीर्थराज भट्टराईसँग २५ लाख धरौटी माग्ने आदेश
शुक्रबार, २६ मङ्सिर २०८२, २१ : ३३
काठमाडौँ । भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग अवैध रूपमा पैसा उठाएको आरोपमा असुलीधन्दा चलाएको आरोप लागेका सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश गरिएको छ ।
शुक्रबार विशेष अदालत काठमाडौँले भट्टराईसँग २५ लाख धरौटी माग्ने आदेश गरेको हो । न्यायाधीश डिल्लीरत्न श्रेष्ठले फरक राय राखेका छन् । उनले पुर्पक्षका लागि थुनामा पठाउने राय दिएका छन् । तर बहुमत न्यायाधीशले २५ लाख धरौटी माग्ने र सो दिन नसके थुनामा पठाउन आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको निर्वाचन समितिमा दुई जना मनोनीत
-
दक्षिण अफ्रिकाका वरिष्ठ प्रहरी अधिकारीमाथि घातक हमला
-
प्रधानमन्त्री बालेन लक्षित अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ, विरोधमा सुकुम्बासी मोर्चा आन्दोलनमा
-
लुम्बिनीमा भेला गर्दै देउवा समूह
-
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण