यू–१९ एसिया कप: ब्याटिङ चल्न नसक्दा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित
काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को खेलमा नेपालको युवा टोली श्रीलंकासँग ८ विकेटले पराजित भएको छ।
शनिबार दुबईमा सम्पन्न खेलमा नेपालको ब्याटिङ लाइनअप कमजोर बन्दा टोलीले लज्जास्पद हार व्यहोरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८.५ ओभरमा केवल ८२ रन बनाउँदै अलआउट भयो। नेपालका ब्याटरहरू श्रीलंकाली बलरसामु निरिह सावित भए।
नेपालका लागि सिब्रिन श्रेष्ठले सर्वाधिक १८ रन बनाए भने साहिल पटेलले १२ र निरज कुमार यादवले १० रन जोडे। यी तीन खेलाडी बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। टोलीका कप्तान अशोक धामी ९ रनमा आउट भए। नेपालको इनिङ्समा १९ रन अतिरिक्तका रूपमा प्राप्त भएको थियो।
नेपाललाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका बलर सेथ्मिका सेनेभिरत्नेले घातक बलिङ गरे। उनले ९.५ ओभरमा १ मेडन राख्दै २५ रन खर्चेर ५ विकेट लिए। उनलाई रसिथ निम्सारा, विघ्नेश्वरन आकाश, दुल्निथ सिगेरा र चमिका हिनातिगालाले १–१ विकेट लिँदै साथ दिए। उत्कृष्ट प्रदर्शन गरेका सेथ्मिका ‘प्लेयर अफ द म्याच’ घोषित भए।
८३ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले १४.५ ओभरमै २ विकेट गुमाएर ८४ रन बनाउँदै लक्ष्य पूरा गर्यो। श्रीलंकाको सुरुवात केही सुस्त भए पनि दिमान्था महावित्ताना र काभिजा गमागले टोलीलाई सहज जित दिलाए। महावित्तानाले ४९ बलमा ३ चौका र १ छक्कासहित अविजित ३९ रन बनाए भने गमागले अविजित २४ रनको योगदान दिए।
बलिङतर्फ नेपालका दयानन्द मण्डलले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए भने किथ्मा विथानापथिरना रनआउट भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण