शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्डर–१९ एसिया कपः पाकिस्तानविरुद्ध भारत २४० रनमा अलआउट

आइतबार, २८ मङ्सिर २०८२, १६ : १६
आइतबार, २८ मङ्सिर २०८२

दुबई । आइतबार दुबईमा भएको अन्डर–१९ एसिया कपको समूह चरणको खेलमा पाकिस्तानले टस जितेर बलिङ रोजेपछि भारत २४० रनमा अलआउट भएको छ ।

वर्षाका कारण खेल ४९ ओभरमा छोट्याइएको थियो । 

भारतीय टोलीलाई ४६.१ ओभरमा २४० रनमा समेट्न पाकिस्तानका मोहम्मद सैय्याम र अब्दुल सुभानले ३–३ विकेट लिए । निकाब शफीकले पनि २ विकेट हात पारे । 

भारतका लागि आरोन जर्जले सर्वाधिक ८५ रन बनाए । उनले आफ्नो पारीमा १२ चौका र एक छक्का प्रहार गरे । कनिष्क चौहानले ४६ रन जोडे भने कप्तान आयुष म्हात्रेले ३८ रनको योगदान दिए । अघिल्लो खेलमा शतक प्रहार गरेका वैभव सूर्यवंशी यस खेलमा ५ रनमा मात्र आउट भए ।

यस प्रतियोगितामा भोलि नेपालले बंगलादेशसँग खेल्दै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप