छुरा प्रहार गरी हत्या, पाँचथरबाट एक जना पक्राउ
सोमबार, २९ मङ्सिर २०८२, १३ : ३९
सारांश
- पाँचथरमा छुरा प्रहारबाट एक व्यक्तिको हत्या भएको छ।
- प्रहरीले घटनामा संलग्न भएको आरोपमा ८२ वर्षीय वृद्धलाई पक्राउ गरेको छ।
- घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पाँचथर । छुरा प्रहार गरी हत्या गरेको अभियोगमा पाँचथरबाट एक जना पक्राउ परेका छन् ।
फाल्गुनन्द गाउँपालिका-७ खामेलक बस्ने ३६ वर्षीय प्रेमराज आङदेम्बेको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ८२ वर्षीय वर्ण सिंह आङदेम्बेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
वर्ण सिंहले आफ्नै घरको आँगनमा प्रेमराजलाई छुरा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण