महाधिवेशन प्रतिनिधिलाई पाण्डेको आग्रह : कम्युनिष्ट आन्दोलनलाई थप एकतावद्ध गर्न सहयोग गर्नुस्
काठमाडाैँ । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले मुलुकको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई थप एकतावद्ध बनाउँदै अग्रगामी पार्टीमा लैजान आफूहरुलाइ सहयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । सोमबार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई थपअग्रगामी पथमा लैजानुपर्ने आवश्यकता रहेको समेत बताए । उनले पार्टीलाई थप व्यवस्थित बनाउँदै अगाडि बढ्नको लागि आफूहरुलाई सहयोग गर्न समेत प्रतिनिधिहरुलाई आग्रह गरे ।
उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई अझै बढी एकताबद्ध र अझै अग्रगामी बाटोमा लैजानको लागि महाधिवेशन प्रतिनिधिज्यूहरुको हामीलाई सहयोग हुन्छ भन्ने कुरामा विश्वस्त छु ।’
उgले संस्थापन पक्षबाट महासचिव पदमा उम्मेदवारी दिएका छन् । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण