अस्मिता थापा बनिन् एमालेको ‘अण्डर थर्टी’ उम्मेदवार, ओली प्यानलबाट खुला महिला कोटामा उम्मेदवारी
सारांश
- अस्मिता थापा एमाले केन्द्रीय कमिटीमा सबैभन्दा कान्छो उम्मेदवारको रूपमा डेब्यु गरेकी छिन्।
- उनी नेकपा एमालेको ११औं महाधिवेशनमा केपी ओली प्यानलबाट उम्मेदवारी दिएकी हुन्।
- २९ वर्षीया थापा खुला केन्द्रीय सदस्यको महिला क्लस्टरमा उम्मेदवारी दिएकी हुन्।
काठमाडौं । २०७९ को स्थानीय तह निर्वाचनमा सबैभन्दा कम उमेरको जनप्रतिनिधि बनेकी ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा एमाले केन्द्रीय कमिटीमा पनि सबैभन्दा कान्छो उम्मेदवारका रुपमा डेब्यु गरेकी छन् ।
थापा नेकपा एमालेको ११औं महाधिवेशनमा जेनजी पुस्ताबाट उम्मेदवार बनेकी छन् । थापाले केपी ओली प्यानलबाट उम्मेदवारी दर्ता गराएकी छन् । २९ वर्षीया थापा खुला केन्द्रीय सदस्यको महिला क्लस्टरमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनको प्रस्तावकमा कोशी प्रदेशकी मन्त्री सिर्जना राई र समर्थकमा अनेरास्ववियुका उपाध्यक्ष विकास श्रेष्ठ बसेका छन् । कोशी प्रदेशका नेताहरुले उनलाई केन्द्रीय सदस्यमा प्रस्ताव गरेका थिए ।
हाल ओखलढुंगा जिल्ला कमिटी उपसचिव रहेकी थापा अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य रहेकै बेला २०७९ को स्थानीय तह निर्वाचनमा लिखु गाउँपालिका उपाध्यक्ष बनेकी थिइन् ।
उने पार्टीमा आफूहरुजस्ता नयाँ पुस्ता,आन्दोलनबाट स्थापित युवा नेताहरुसहितको दोस्रो पुस्ता र पार्टी स्थापनादेखि देशमा लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेको पहिलो पुस्तासहितको समिश्रणमा नयाँ रुपान्तरण आवश्यक भएको बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण