ओलीलाई ‘फुटबलको पेले’ भन्ने कृष्णगोपाल ईश्वरतिर लागेपछि...
सोमबार, २९ मङ्सिर २०८२, १७ : ३३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी छ ।
नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । उनीहरू प्यानलनै बनाएर निर्वाचनमा होमिने तयारीमा छन् ।
यसैबिच अन्य नेताहरू पनि पदको खोजीमा छन् । पद नपाएको भन्दै नेताहरूले केपी शर्मा ओलीकाे साथ छाडेर पोखरेलतिर लाग्न थालेका छन् ।
कुनै बेला केपी ओलीलाई ‘फुटबलको पेले’ भन्दै तारिफ गर्ने कृष्णगोपाल श्रेष्ठ अहिले पोखरेलतिर लागेका छन् । कुनै बेला श्रेष्ठले ‘केपी ओली इज द केपी ओली, फुटबलको पेलेजस्तै हो, कोही माइकालाल छ सडकमा ल्याएर पछार्न सक्ने ?’ भनेका थिए । उनै श्रेष्ठ आज पोखरेल प्यानलबाट सचिवमा उम्मेदवारी दिने तरखरमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण