शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
एमाले महाधिवेशन

पदाधिकारी नपाएपछि ४ नेताले छोडे ओलीको साथ

सोमबार, २९ मङ्सिर २०८२, १७ : १७
सोमबार, २९ मङ्सिर २०८२

सारांश

  • केपी शर्मा ओलीले पदाधिकारीमा नराखेपछि चार नेताले ओलीको साथ छाडेका छन्।
  • ओली समूहका नेताहरूले असन्तुष्टि जनाउँदै अन्य पदका लागि उम्मेदवारी दिएका छन्।
  • अध्यक्षमा केपी ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने सम्भावना बढेको छ।

काठमाडौँ । आफूहरूले आकांक्षा राखेको पदाधिकारी नबनाएपछि चार नेताले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेका छन् । निवर्तमान ओली सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रहेका रघुजी पन्त, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेता कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाले ओलीको साथ छोडेका हुन् ।

ओली समूहमा महासचिवमा दाबेदारी पेस गरेका प्रदीप ज्ञवालीले उपाध्यक्षमा मनोनयन दर्ता नगरी घरतिर हिँडेको एमाले नेताहरू बताउँछन् । पन्तले ओलीले पदाधिकारीमा नराखेपछि अर्का अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्ष लड्ने तरखरमा छन् ।

उनले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । ओली समूहबाट सचिव लड्न चाहेका प्रचार विभाग प्रमुख गौतमले स्वतन्त्र रूपमा उपमहासचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् । ‘अब म स्वतन्त्र उम्मेदवारको रूपमा उपमहासचिव लड्छु’ उनले भने ।  

लामो समय अध्यक्ष ओलीका निकट रहेका श्रेष्ठले आफूलाई अपमान र अन्याय गरिएको भन्दै उनी पोखरेल समूहबाट सचिव लड्दैछन् ।  विगतमा ओलीका निकट सहयोगी नेता गोकुल बास्कोटाले धेरै अघि नै उनको समूह छोडेका थिए । उनले पोखरेल समूहबाट सचिवमा उम्मेदवारी दिएका छन् ।  अध्यक्षमा ओली र पोखरेलबिच भिडन्त हुने पक्का भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप