बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क ह्विलचियर तथा ट्रली सेवा सुरु
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूको सुविधालाई मध्यनजर गर्दै सेन्ट्रल ह्विलचियर एन्ड ट्रली पुलमार्फत निःशुल्क ह्विलचियर तथा ट्रली सेवा सञ्चालनमा ल्याइएको छ।
प्रतिष्ठानका उपकुलपति प्राडा विक्रम प्रसाद श्रेष्ठले २०८२ मंसिर २८ गते आइतबार एक कार्यक्रमबिच रिबन काटेर यसको विधिवत उद्घाटन गरे ।
उद्घाटनका अवसरमा उपकुलपति श्रेष्ठले व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ प्रतिष्ठानको खातामा जम्मा गरी यस पुलको सफल सञ्चालनका लागि शुभकामना दिए । सहृदयी दाताहरूको सहयोगमा निर्मित यस पुल मार्फत बिरामीहरूले आफ्नो राष्ट्रिय परिचयपत्र धरौटी राखी निःशुल्क रूपमा ह्विलचियर वा ट्रली प्रयोग गर्न सक्नेछन् ।
सुरुमा १६ थान ह्विलचियर र १ थान ट्रली मार्फत यो सेवा प्रारम्भ गरिएको छ । तीमध्ये १५ थान ह्विलचियर हाडजोर्नी विभागका एडिसनल प्रोफेसर डा. विष्णु पोखरेलकी आमा सरिता पोखरेलबाट प्रदान भएको थियो भने १ थान ह्विलचियर छवि ट्रेड कन्सर्न, काठमाडौँका अंकित गोयंकाले प्रदान गरेका थिए ।
त्यसैगरी १ थान ट्रली प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा संजिव कुमार शर्माले प्रदान गरे ।
धरान उपमहानगरपालिका वडा नं १ निवासी समाजसेवी ललित अग्रवालले टहरा निर्माण गरी सहयोग पुर्याए ।
प्रतिष्ठानले यस सेवाको मर्मत सम्भारका लागि प्रत्येक ओपीडी टिकटबाट २५ पैसा छुट्याउने व्यवस्था गरेको छ । सेन्ट्रल ह्विलचियर तथा ट्रली पुल सञ्चालनका लागि प्राडा आशिष घिमिरेको संयोजकत्वमा १२ सदस्यीय समिति पनि गठन गरिएको छ ।
प्रवक्ता प्राडा अन्जु प्रधानले बिरामीहरूलाई सेवा पुर्याउने यस सत्कार्यमा सहयोग गर्न इच्छुक दाताहरूलाई सम्पर्क गर्न आग्रह गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण