प्रिमियर लिग
बर्नमाउथसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड
मङ्गलबार, ०१ पुस २०८२, ०३ : ५३
सारांश
- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र बर्नमाउथको खेल ४-४ को बराबरीमा टुंगियो।
- अमाद डायलो र कासेमिरोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए, तर बर्नमाउथले पुनरागमन गर्यो।
- ब्रुनो फर्नान्डेज र म्याथियस कुन्हाले गोल गरेपनि, युनाइटेड घरेलु मैदानमा बराबरीमा रोकियो।
काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार भएको रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेड बर्नमाउथसँग ४–४ को बराबरीमा रोकिएको छ । गोल वर्षा भएको यस खेलमा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे ।
म्यानचेस्टर युनाइटेडका लागि अमाद डायलोले १३ औँ मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई राहत दिलाए ।
दोस्रो हाफमा ब्रुनो फर्नान्डेजले ७७ औँ र म्याथियस कुन्हाले ७९औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । तर बर्नमाउथले अन्तिम समयसम्म दबाब कायम राख्दै बराबरी गोल गर्न सफल भयो ।
बर्नमाउथका लागि एन्टोइन सेमेन्यो, इभानिल्सन, मार्कस टाभर्नियर र एलि जुनियर क्रुपीले गोल गरे ।
अन्तिम समयसम्म नतिजा जोगाउन नसक्दा युनाइटेड घरेलु मैदानमै बराबरीमा चित्त बुझाउन बाध्य भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केएमसीमा खुट्टा काट्नुपर्ने जोखिममा रहेका बिरामीको बिनाचिरफार सफल उपचार
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो
-
पेरेडेसले किन गाभीको घाँटी समातेर लडाइदिए ?
-
एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु
-
झापाको रतुवा खोलामा 'ल्याण्डमार्क ब्रिज' निर्माण तीव्र, ५० प्रतिशत काम सम्पन्न
-
दमकमा खैरो हेरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण