एक चिनियाँ कम्पनीसहित ११ वटा निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा
सारांश
- चिनियाँ कम्पनीसहित ११ वटा निर्माण कम्पनीहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
- जिन्यु टेक्नोलोजिज कम्पनी लिमिटेड तीन वर्षका लागि कालोसूचीमा परेको छ, जसलाई नेपाल टेलिकमले सिफारिस गरेको थियो।
- अन्य कम्पनीहरू दुई वर्ष वा एक वर्षका लागि कालोसूचीमा परेका छन्, जसले सम्झौताअनुसार काम गरेनन्।
काठमाडौँ । एक चिनियाँ कम्पनीसहित ११ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सम्झौताअनुसार काम नगर्ने निर्माण तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सार्वजनिक खरिद ऐन २०६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखेको जनाएको छ ।
जिन्यु टेक्नोलोजिज कम्पनी लिमिटेड नामक चिनियाँ कम्पनी तीन वर्षका लागि कालोसूचीमा परेको छ । नेपाल टेलिकमसँगको प्रविधि ठेक्कामा सम्झौताअनुसार काम नगरेपछि कालोसूचीमा राख्न नेपाल टेलिकमले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखिपठाएको थियो ।
यस्तै दुई वर्षका लागि कालोसूचीमा पर्नेमा एउटा सर्लाहीको निर्माण कम्पनी छ भने सिन्धुपाल्चोकमा पूर्वाधारको ठेक्कामा काम नगर्ने एउटा जेभी छ । एससान परिशा जेभीलाई कार्बाहीका लागि हेलम्बु गाउँपालिकाले सिफारिस गरेको थियो। यो जेभीमा दीपक न्यौपाने मुख्य व्यक्ति रहेको परिशा एण्ड कम्पनी र नयन माझीको एसएसएएन कन्स्ट्रक्सन प्रालि छ ।
रौतहटको दिलिप कन्स्ट्रक्सन, काठमाडौंको न्यु डीपी निर्माण सेवा, कोजु इन्जिनियरिङ एण्ड बिल्डर्स, बाँकेको मुस्कान अर्डर एण्ड सप्लायर्स, बी एण्ड बी कन्स्ट्रक्सन, डोल्पाको कार्की निर्माण सेवा, यु एण्ड आइ निर्माण सेवा र दिनकर कन्स्ट्रक्सन एक वर्षका लागि कालोसूचीमा परेका छन् ।
यसैगरी काठमाडौँको बबरमहलस्थित तुलसीराम कोजुको कम्पनी कुजु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न दार्चुलाको मार्मा गाउँपलिकाले सिफारिस गरेको थियो । लालबाबु प्रसाद यादवको कम्पनी दिलीप कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न बाराको परवानीपुरस्थित बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनाले सिफारिस गरेको थियो । कालोसूचीमा परेका कम्पनीले कार्बाही अवधिभर सार्वजनिक खरिदमा सहभागिता जनाउन नपाउने कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण