कोरिया पठाउँछु भनेर ठगेको आरोपमा एक जना पक्राउ
मङ्गलबार, ०१ पुस २०८२, १५ : २९
सारांश
- प्रहरीले वैदेशिक रोजगारीका लागि कोरिया पठाउने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा गोरखाका खडानन्द लामिछाने रहेका छन्, जसलाई काठमाडौँबाट पक्राउ गरिएको हो।
- आरोपीले कोरिया पठाउन ३ लाख ठगी गरेको आरोप लागेको छ र थप अनुसन्धानका लागि विभागमा पठाइएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको भिमसेनथापा गाउँपालिका वडा नम्बर–२ घर भएर टोखा बस्ने खडानन्द लामिछाने छन् ।
४३ वर्षीय लामिछानेलाई सोमबार काठमाडौँ महानगरपालिका वडा नम्बर–९ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
आरोपीले कोरिया पठाउँछु भनेर ३ लाख रुपैयाँ ठगी गरेको भन्दै पीडितले उजुरी गरेका छन् । उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण