इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाेको तयारी पूरा
काठमाडौँ । आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आइओफटिसीको १५ औँ संस्करण राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आगामी शुक्रबार र शनिबार हुँदैछ ।
आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए ।
‘सन् २००० मा पहिलो पटक इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दोको आयोजना भएको हो । अहिले १५ औँ संस्करणसम्म आइपुग्दा यसको आकार वृहत् भइसकेको छ । आइओएफटिसीले आफ्नो उद्देश्यअनुरूप तेक्वान्दोमार्फत् खेल भावना, मैत्री र अन्तर्राष्ट्रिय एकता प्रवर्धन गर्दै आएको छ’ उनले भने ।
यसैगरी आइओएफटिसी नेपालका अध्यक्ष मिनप्रसाद खनालले १५ औँ संस्करणको आयोजना गर्ने जिम्मेवारी नेपाललाई पुनः दिइएकोमा आइओएफटिसीलाई धन्यवाद दिए ।
अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसिपकाे तेक्वान्दो च्याम्पियनसीपको आयोजना गर्दै आएको छ ।
आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आइओएफटिसीको आफ्नो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत र हङकङ, अमेरिकाकै मिचिगन र दक्षिण कोरियाको सोलमा एक–एक संस्करणको आयोजना भइसकेको छ ।
आइओएफटिसी नेपालका महासचिव गिरिबहादुर सुनारले नेपालमा हुने १५ औँ संस्करणलाई अझ भव्य बनाउने लक्ष्य हामीले लिएका छौँ । अन्तिम दिन सांस्कृतिक महोत्सव पनि आयोजना हुनेछ, जसले नेपालको समृद्ध सांस्कृतिक विविधता र अन्तर्राष्ट्रिय मैत्रीको सन्देश प्रस्तुत गरिनेछ ।
प्रतियोगिताका अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले च्याम्पियन्सीपमा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चिन, मेक्सिको, माल्दिभ्स, बङगलादेशलगायतका राष्ट्रको सहभागिता रहने जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा करिब एक हजार जना खेलाडी, प्रशिक्षक र रेफ्रीको सहभागिता रहनेछ ।
वर्ल्ड तेक्वान्दोको नियमअनुसार सञ्चालन हुने आइओएफटिसीको १५ औँ संस्करणमा क्यारुगी (फाइट) र पुम्से (फर्म) दुवै विधा समावेश छन् ।
सिनियर पुरुष र महिलाको समान आठ, आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी, जुनियरतर्फ महिला र पुरुष गरी दस–दस तौल समूह र क्याडेट वर्गमा दस–दस तौल समूहमा खेलाइनेछ ।
सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि सामेल गरेका छौँ । प्रतियोगितामा कूल २२२ स्वर्ण पदक, २२२ रजत पदक र ४४४ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्टमा पनि पदक दिइनेछ ।
प्रतियोगितामा विजेताका साथै उत्कृष्ट खेलाडी, प्रशिक्षक र रेफ्रीहरुलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको कुल पुरस्कार राशि सात लाख २५ हजार रुपैयाँ रहेको छ ।
अस्ट्रेलियामा १६ औँ संस्करण
नेपाली खेलाडीहरूका लागि यो सन् २०२६ मा अस्ट्रेलियामा हुने १६ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपको छनोट पनि हो ।
यसै प्रतियोगिताबाट अस्ट्रेलियामा हुने प्रतियोगिता चयन गरिनेछ । आइओएफटिसीले १६ औँ संस्करण गर्ने जिम्मेवारी अस्ट्रेलियालाई दिइसकेको छ । सो च्याम्पियनसिपकाे पकाे मिति भने पछि तय गरिनेछ ।
सो प्रतियोगितामा उपस्थिति जनाउन कुकिवनका प्रशिक्षक मिन हाक सिओले नेपाल भ्रमण गर्नेछन् । प्रतियोगिताको पहिलो दिन पुम्से सेमिनारको पनि आयोजना हुनेछ । प्रशिक्षक सिओले सो सेमिनार सञ्चालन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याम्ब्रिज अपस्किल्स अंग्रेजी परीक्षाको विश्वसनीयतामाथि प्रश्न, छानबिन र पुनःपरीक्षाको माग गर्दै निवेदन
-
मन्त्रिपरिषद् बैठक सकियो, सुनाइएन निर्णय
-
शिक्षा मन्त्रीको दोहोरो कुराः एकातिर छानबिन समिति, अर्कोतिर ‘नतिजा त्रुटिहीन’ रहेको दाबी
-
असार लागेपछि ७१ कर्मचारीको राजीनामा, बढ्यो अनुपात
-
रामकुमारी झाँक्रीको प्रश्न : संवैधानिक निकायले किन हैसियत गुमाए ?
-
सर्वोच्चको फैसलापछि बूढानीलकण्ठ स्कुलले हटायो अनधिकृत टहरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण