स्मार्टफोन चाँडै चार्ज गर्न यी ५ उपाय अपनाउनुहोस्, ब्याट्रीको आयु पनि बढ्छ
सारांश
- स्मार्टफोनलाई छिटो चार्ज गर्न सक्कली चार्जर र केबल प्रयोग गर्नु उत्तम हुन्छ।
- चार्ज गर्दा फोनलाई एयरप्लेन मोडमा राख्नुहोस् र ब्याकग्राउन्डका एपहरू बन्द गर्नुहोस्।
- फोनलाई चिसो राख्नुहोस्, चार्जिङ पोर्ट सफा गर्नुहोस् र सफ्टवेयर अपडेट गर्नुहोस्।
काठमाडौँ । स्मार्टफोन अहिले एक अपरिहार्य डिभाइस बनिसकेको छ, जसविना एक दिन पनि बिताउन गाह्रो हुन्छ। हाम्रा धेरैजसो कामहरू अहिले स्मार्टफोनबिना लगभग असम्भव छन्। यस्तो अवस्थामा फोन चाँडै चार्ज हुनु आवश्यक हुन्छ।
कहिलेकाहीँ स्मार्टफोनले फास्ट चार्जिंग सपोर्ट गरे पनि धेरै ढिलो चार्ज भइरहेको देखिन्छ। यसको कारण फोन तातो हुनु वा ब्याकग्राउन्डमा चलिरहेका एप्स पनि हुन सक्छन्। आज हामी तपाईंलाई स्मार्टफोन चाँडो चार्ज गर्न मद्दत गर्ने केही सरल उपायहरू बताउँदैछौँ।
१. सक्कली चार्जर र केबल प्रयोग गर्नुहोस्
फोनलाई छिटो चार्ज गर्नका लागि सधैँ सक्कली चार्जर र केबल प्रयोग गर्नुहोस्। साथै, आफ्नो फोनले कति वाटको चार्जिंग सपोर्ट गर्छ, त्यो पनि जाँच गर्नुहोस् र त्यसै अनुसारको चार्जर र केबल छनोट गर्नुहोस्। सकेसम्म जुन ब्रान्डको स्मार्टफोन प्रयोग गरिरहनुभएको छ, त्यही ब्रान्डको मिल्दो चार्जर प्रयोग गर्ने प्रयास गर्नुहोस्। सस्तो वा थर्ड पार्टी चार्जर प्रयोग गर्नाले फोनको चार्जिङ सुस्त हुन सक्छ।
२. चार्जिंङको समयमा आइडल मोडमा राख्नुहोस्
यदि तपाईंले फोनलाई छिटो चार्ज गर्न चाहनुहुन्छ भने, एयरप्लेन मोड अन गर्नुहोस्। स्मार्टफोन चालू रहँदा सिग्नल, वाई-फाई, ब्लुटुथ र जीपीएस अन रहँदा ब्याट्री छिटो खर्च हुन्छ। यसले ब्याकग्राउन्डमा सिस्टम अन रहँदा ब्याट्री सकिँदै जान्छ र चार्जिङ सुस्त हुन्छ।
चार्जिंगको समयमा फोन प्रयोग गर्नबाट बच्नुहोस्। ब्याकग्राउन्डमा चलिरहेका एप्सहरू पनि बन्द गरिदिनुहोस्।
३. फोनलाई चिसो राख्नुहोस्
यदि तपाईंको फोनमा तातो हुने समस्या छ भने, यो ब्याट्रीको लागि राम्रो होइन। फोन तातो हुँदा चार्जिङको गति बिस्तारै कम हुन थाल्छ।
चार्जिङको समयमा फोनलाई तातो हुन नदिनुहोस्। यदि चार्जिङको क्रममा फोन तातो भइरहेको छ भने फोनको कभर निकाल्नुहोस्।
फोनलाई सिरक वा नरम सतहमा नराखी कडा सतहमा राखेर चार्ज गर्नुहोस्। वायरलेस चार्जिङको समयमा पनि फोन तातो हुन्छ, त्यसैले वायरलेस चार्जरको कम से कम प्रयोग गर्नुहोस्।
४. चार्जिङ पोर्ट सफा राख्नुहोस्
स्मार्टफोनको चार्जिङ पोर्टलाई सफा राख्नुहोस्। धेरै पटक यसमा धूलो फस्छ, जसले गर्दा केबल राम्ररी ‘लक’ हुँदैन र चार्जिङ सुस्त हुन्छ।
५. सफ्टवेयर अपडेट गर्नुहोस्
फोन ब्रान्डहरूले समय-समयमा फोनका लागि अपडेटहरू जारी गर्छन्। यी अपडेटहरूमा ब्याट्री व्यवस्थापन र चार्जिङ गति सुधार गर्ने समाधानहरू हुन्छन्। त्यसैले फोनको सफ्टवेयरलाई अपडेट राख्नुहोस्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण