मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

गौतम बुद्ध क्रिकेट मैदानमा इन्डो नेपाल टीट्वान्टी क्रिकेट प्रतियोगिता, ६ टोलीले प्रतिस्पर्धा गर्ने

बुधबार, ०२ पुस २०८२, १० : ५०
बुधबार, ०२ पुस २०८२

सारांश

  • चितवन जिल्ला क्रिकेट संघले इन्डो नेपाल टी-२० च्याम्पियनसिप क्रिकेटको तयारी पूरा गरेको छ।
  • प्रतियोगितामा नेपालका तीन विभागीय टोली र भारतका दुई टिमबीच प्रतिस्पर्धा हुनेछ।
  • प्रतियोगिताले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ बनाउन मद्दत गर्ने विश्वास लिइएको छ।

काठमाडौँ । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा हुने इन्डो नेपाल टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेटको तयारी पूरा भएको छ । प्रतियोगिता यही पौष ४ देखि १३ गतेसम्म गौतम बुद्ध क्रिकेट मैदानमा आयोजना हुने संघले जनाएको छ ।

प्रतियोगितामा नेपालबाट तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, चितवन क्रिकेट क्लबको सहभागिता रहनेछ । यस्तै भारतबाट दुई टिम आउनेछन् ।

भारतको कोलकाताबाट कोलकाता ईन्स्टिच्युट क्लब र दिल्लीको दिल्ली वन्डरर्स क्लब टिम हुनेछ । भारतीय टिममा रणजी र आईपीएलको अनुभव भएका खेलाडीहरू समावेश हुने आयोजकले जानकारी दिएको छ ।

यस इन्डो नेपाल टी २० च्याम्पियनसिप क्रिकेट मार्फत नेपाल र भारत दुई देशबिचको सम्बन्ध प्रगाढ बनाउने विश्वास छ । प्रतियोगिताको दर्शकहरूको लागि बाउण्ड्री बाहिर वान ह्याण्ड क्याच गर्दा नगदसहित आकर्षक पुरस्कारको व्यवस्था समेत रहेको छ । यसले दर्शकलाई खेल हेर्न अझै उत्साही बनाउने विश्वास छ ।

प्रतियोगिताको विजेताले प्राप्त गर्ने पुरस्कार चाँडै घोषणा गर्ने चितवन जिल्ला क्रिकेट संघका उपाध्यक्ष उमेश पियाले जानकारी दिए । प्रतियोगिताका खेलहरु हिमालयन प्रिमियम एचडी र मकालु टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप