जनमत पार्टीका मधेस उपाध्यक्ष भरत चौधरी जसपा नेपालमा प्रवेश
बुधबार, ०२ पुस २०८२, १६ : ५०
काठमाडौँ । जनमत पार्टीका मधेस प्रदेश वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। बुधबार जसपा नेपालको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले चौधरीलाई सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन्।
पार्टी प्रवेशपछि बोल्दै चौधरीले मधेसका मुद्दा, अधिकार र पहिचानको सङ्घर्षलाई संस्थागत रूपमा अगाडि बढाउन जसपा नेपाल नै उपयुक्त शक्ति भएकाले आफूले यो निर्णय लिएको बताए । उनले सङ्घीयता र समावेशी लोकतन्त्रको संरक्षणका लागि जसपा नेपालसँगै मिलेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा जसपा नेपालका प्रदेश अध्यक्ष बालकिशोर यादव, सर्लाही जिल्ला अध्यक्ष रणधिर यादव, केन्द्रीय सदस्य पेशल ढकाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण