शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लाथम र कन्वेको कीर्तिमानी साझेदारी, न्युजिल्यान्ड बलियो अवस्थामा

बिहीबार, ०३ पुस २०८२, १२ : ०२
बिहीबार, ०३ पुस २०८२

काठमाडौँ । न्यु जिल्यान्ड ओपनिङ जोडी टम लाथम र डेभोन कन्वेले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको सुरुवात भएयता सबैभन्दा ठुलो ओपनिङ साझेदारीको कीर्तिमान तोडेका छन् । 

कीर्तिमान यसअघि भारतीय ओपनिङ जोडी रोहित शर्मा र मयंक अग्रवालको नाममा थियो । माउन्ट माउन्गानुईमा वेस्ट इन्डिजका बलरहरूमाथि पूर्ण रूपमा हावी हुँदै यो ओपनिङ जोडीले पहिलो विकेटका लागि ३२३ रनको साझेदारी गरे । कप्तान लाथमले १३७ रन बनाउँदै आफ्नो १५ औँ टेस्ट शतक पूरा गरे भने कन्वेले अविजित १७८ रन बनाउँदै आफ्नो छैटौँ शतक प्रहार गरे ।

पहिलो दिनको खेल सकिँदा लाथम वेस्ट इन्डिजका फास्ट बलर केमार रोचको बलमा आउट भए । त्यसपछि ज्याकोब डफी ब्याटिङ गर्न आउँदै ९ रनमा अविजित क्रिजमा कन्वेसँग खेले ।

घरेलु टोलीले तेस्रो टेस्टको पहिलो दिन ३३४ बनाएर मात्र एक विकेट गुमाउँदै खेललाई आफ्नो नियन्त्रणमा राखेको छ । न्युजिल्यान्ड ओपनरहरूले टेस्ट क्रिकेटमा पहिलो विकेटका लागि ३०० भन्दा बढी रन बनाएको रेकर्ड सन् १९७२ को अप्रिलमा हो । त्यसबेला ग्लेन टर्नर र टेरी जार्भिसले गयानामा वेस्ट इन्डिज विरुद्ध नै पहिलो विकेटका लागि ३८७ रन जोडेका थिए ।

यद्यपि लाथम र कन्वेले न्युजिल्याण्डको उक्त ऐतिहासिक कीर्तिमान तोड्न सकेनन्, तर उनीहरू टेस्ट क्रिकेटको इतिहासमा संयुक्त रूपमा १२ औँ उत्कृष्ट साझेदारी गर्न सफल भए र सन् २०१९ मा विश्व टेस्ट च्याम्पियनसिप सुरु भए यताको सबैभन्दा ठुलो साझेदारीको कीर्तिमान आफ्नो नाममा लेखाए ।

यसअघि रोहित र अग्रवालले सन् २०१९ मा विशाखापट्टनममा दक्षिण अफ्रिका विरुद्ध पहिलो विकेटका लागि ३१७ रन बनाउँदै यो कीर्तिमान राखेका थिए।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप