नवनिर्वाचित एमाले उपाध्यक्षमा गुरुङले भने : यो विजय मात्र होइन, गह्रौँ जिम्मेवारी हो
सारांश
- एमालेको ११औँ महाधिवेशनमा पृथ्वीसुब्बा गुरुङ उपाध्यक्षमा सर्वाधिक मतले विजयी भए।
- उनले मतदाता र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै यसलाई गह्रौँ जिम्मेवारीका रूपमा लिएका छन्।
- गुरुङले पार्टीलाई गतिशील, जनमुखी र समसामयिक बनाउन खबरदारी गरेको महसुस गरेको बताए।
काठमाडौँ । नेकपा (एमाले)को ऐतिहासिक ११ औँ महाधिवेशनबाट पृथ्वीसुब्बा गुरुङ उपाध्यक्ष पदमा सर्वाधिक मतसहित विजयी भएका छन् । विजयी भएसँगै उनले मतदाता तथा शुभेच्छुकप्रति आभार प्रकट गर्दै यसलाई ‘गह्रौँ जिम्मेवारी’ का रूपमा लिएको प्रतिक्रिया दिएका छन्।
नवनिर्वाचित उपाध्यक्ष गुरुङले आफूलाई सर्वाधिक मत दिएर विजयी गराउने महाधिवेशन प्रतिनिधि, नेतागणहरूप्रति नतमस्तक रहेको बताए । उनले यो मतलाई आफ्नो व्यक्तिगत विजयभन्दा पनि पार्टी र जनताप्रतिको ‘अग्लो विश्वास’ का रूपमा ग्रहण गरेको उल्लेख गरे।
गुरुङले भने– ‘राजनीतिप्रति वितृष्णा जागिरहेको, युवा पुस्तामा निराशा बढिरहेको र समाजले नयाँ विकल्प खोजिरहेको यो संवेदनशील घडीमा, मलाई प्राप्त यो भारी मतले एमालेलाई अझ गतिशील, जनमुखी र समसामयिक बनाउन खबरदारी गरेको महसुस गरेको छु।’
गुरुङले कार्यकर्ताको विश्वासलाई रत्तीभर डगमगाउन नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। उनले अबको आफ्नो सम्पूर्ण ध्यान पार्टीलाई विधि र पद्धतिमा चलाउँदै देशको समृद्धि र जनताको खुसीसँग जोड्नमा केन्द्रित हुने स्पष्ट पारे।
विजयको उल्लासलाई कर्तव्यको ‘कठोर परीक्षा’ का रूपमा लिएको बताउँदै उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण