वीरेन्द्रनगरकी मेयर ढकाल दोस्रो पटक केन्द्रीय सदस्य निर्वाचित
सारांश
- वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकाल नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भइन्।
- उनले कर्णाली प्रदेशबाट सर्वाधिक मत प्राप्त गरिन्, र केपी शर्मा ओलीको टिमबाट चुनाव लडेकी थिइन्।
- मेयर ढकालले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई पराजित गर्दै मेयर जितेकी थिइन्।
सुर्खेत । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकाल दोस्रो पटक केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।
मेयर ढकालले कर्णालीको भूगोलबाट महिलाबाट सर्वाधिक १९२३ मत पाएर विजयी हुन् । ढकाल यसअघि चितवन महाधिवेशनबाट पहिलोपटक केन्द्रीय सदस्य भएकी थिइन् । ढकाल अध्यक्ष केपी शर्मा ओलीको टिमबाट चुनावी मैदानमा उत्रेकी थिइन् ।
उपमेयर भएका बेला नै उनी पहिलोपटक केन्द्रीय सदस्य भएकी थिइन् । २०७९ को स्थानीय तहको निर्वाचनमा ६ दलीय गठबन्धनलाई पराजित गर्दै उनी मेयरमा निर्वाचित भएकी हुन् ।
राजनीति र विकासका मुद्दालाई प्रखर रूपमा उठाउँदै आएकी ढकाल कर्णालीका महिलाका समस्या समाधानका लागि कर्णालीले नै पहल लिनुपर्ने धारणा राख्छिन् । झन्डै ३ लाख मानिसको बसोबास भएको सहरको सरकार प्रमुख भएर पनि पार्टीले खटाएको ठाउँमा गएर काम सम्पन्न गर्ने र सङ्गठन विस्तारमा उनले योगदान गरेकी छिन् ।
कानुनमा एलएलबी र राजनीतिशास्त्रमा स्नातकोतर गरेकी ढकाललाई स्थानीय राजनीतिज्ञले कर्णालीको राजनीति आकाशमा उदाउँदो ताराको रूपमा व्याख्या गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कौसी थिएटरमा नाटक ‘द टेस्ट अफ सेलरोटी’
-
रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक
-
१८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्तावको कांग्रेसद्वारा आपत्ति
-
‘आइएम जीतबहादुर’ को पहिलो साताको आम्दानी ३१ लाख
-
असार १५ मा महासचिव पोखरेलेको सन्देश– किसानलाई करोडौँ अनुदान होइन मल, बीउ र उचित मूल्य देऊ
-
सुटिङका क्रममा कंगनाले वीर दासको ओठ टोकेर रक्ताम्मे बनाएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण