मधेस भूगोल खुलामा हरि उप्रेतीलाई सर्वाधिक मत
बिहीबार, ०३ पुस २०८२, १८ : १६
काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा मधेस भूगोल खुलातर्फ हरिप्रसाद उप्रेतीले सर्वाधिक मत ल्याएका छन् ।
केन्द्रीय निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार उप्रेतीले १५०१ मत ल्याएका हुन् । उप्रेती सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । उनी पूर्वरक्षामन्त्रीसमेत हुन् ।
भूगोलको मधेस खुला पाँच जनामध्ये अन्यमा ताराकान्त चौधरीले १४८६ मत ल्याएका छन् । यस्तै एकबाल मियाले १४१८, राजकुमार रेखीले १३६८ र मनोजकुमार खड्काले १३६२ मत प्राप्त गरेका छन् ।
यसैगरी ४० वर्ष मुनिका युवामा ई. मोबिन आलमले १३१६ मत ल्याएर विजयी भएका छन् । मधेस भूगोल महिलातर्फ आरती भण्डारीले १६३०, कल्पनाकुमारी कटुवालले १५०६ र निर्मला देवकोटाले १४३४ मत ल्याएर विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण