पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता
काबुल । पाकिस्तानी जेलमा रहेका १६७ जना अफगान कैदीहरू रिहा भई सुरक्षित रूपमा स्वदेश फर्किएका छन्।
अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार यसको पुष्टि गर्दै उनीहरू दक्षिण कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका हुँदै अफगानिस्तान प्रवेश गरेको जनाएको छ। विभिन्न कारणले एक दिनदेखि दुई महिनासम्म हिरासतमा राखिएका यी व्यक्तिहरूलाई सीमा क्षेत्रमा आवश्यक सहयोग उपलब्ध गराइएको छ।
आफ्नो गृह प्रान्त जानुअघि उनीहरूलाई सीमामै मन्त्रालयका तर्फबाट राहत प्रदान गरिएको थियो। अफगानिस्तानको विदेश मन्त्रालयको तथ्याङ्क अनुसार हाल दश हजारभन्दा बढी अफगान नागरिकहरू विदेशी जेलमा रहेका छन्, जसमध्ये अधिकांश छिमेकी मुलुक इरान र पाकिस्तानका जेलमा बन्दी जीवन बिताइरहेका छन्।
पछिल्लो समय अफगानिस्तानले विभिन्न देशसँग समन्वय गरी आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउने प्रक्रियालाई निरन्तरता दिइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण