अब ओटीटीमा फिल्म ‘पीआर’
काठमाडौँ । गत मङ्सिर २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पीआर’ अब ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’मा रिलिज हुने भएको छ । फिल्म पुस १० गतेबाट ओटीटीमा ल्याउन लागेको निर्देशक शोभित बस्नेतले बताए ।
‘हलमा हेर्न नपाएका दर्शकका लागि हेर्न अवसर प्रदान गर्न फिल्म ओटीटीमा ल्याउन लागेको हो’ बस्नेतले भने । नेपालबाट अस्ट्रेलिया पुगेका युवाहरूको समपना स्थायी आवासीय पत्र (पीआर)प्राप्त गर्नको लागि गर्ने सङ्घर्षको कथामा बनेको फिल्म अस्ट्रेलिया र नेपाल सुटिङ भएको छ ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा, नवीन घायल मुख्य भूमिकामा छन् ।
विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम के.सी.नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ । फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारी र निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण