तनहुँमा कटुवा पेस्तोलसहित युवा पक्राउ
शुक्रबार, ०४ पुस २०८२, १२ : २७
तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–१ का १९ वर्षीय ओमबाबुप्रसाद यादव रहेका छन् । प्रहरीले सवारीसाधान रोकी जाँच गर्ने क्रममा यादव पेस्तोलसहित भेटिएका थिए । यादव बाराको कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग२ख २७५ नम्बरको बसमा सवार थिए ।
यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आबुँखैरेनीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए । पृथ्वीराजमार्ग सडक–खण्डमा रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजीपबाट खटिने प्रहरी टोलीले सवारीसाधन जाँच कार्यलाई तीव्रता दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण